|

जापानकी राजकुमारी माको नैसिन्नोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। विवाहसँगै उनले आफ्नो सम्पूर्ण राजकीय अधिकार, सेवा सुविधा गुमाएकी छन्। 

जापानमा शाही परिवारका महिला सदस्यले सामान्य मान्छेसँग विवाह गरेमा सम्पूर्ण राजकीय सेवासुविधा गुमाउनुपर्ने हुन्छ। त्योबाहेक विवाह गरेर जाँदा सबै महिला सदस्यले परिवारबाट पाउने उपहार तथा रकम लिन पनि माकोले नलिने घोषणा गरेकी छन्। 

जापानी राजपरिवारमा दुवै सुविधा बहिष्कार गर्ने उनी पहिलो महिला सदस्य हुन्।​

कोमुरो अमेरिकामा वकिलको काम गर्छन्। विवाहपछि दुवैजना अमेरिकामै रहने योजना रहेको बताइएको छ।

यो घटनालाई बेलायती राजकुमार ह्यारी र उनी पत्नी मेगन मार्कलको विवाहसँग दाँजिएको छ। २०१८ मा ह्यारीले पनि राजदरबारको सबै सुविधा छोडेर अभिनेत्री मार्कलसँग विवाह गरेका थिए। माको र कोमुरोलाई जापाका ह्यारी र मेगन भन्न थालिएको छ। 

माकोसँगको सम्बन्ध सार्वजनिक भएपछि कोमुरो पनि जाँचको दायरामा आएका छन्। कोमुरो जापान आउँदा कपाल पछाडि बाँधेकोमा राजपरिवारको सदस्य बन्न अयोग्य भन्दै आलोचित हुनु परेको थियो। 

राजकुमारी माको आफ्ना बाबुआमा र राजकुमार फुमिहितोसँग बिदा मागेर सोमबार बिहान १० बजे दरबारबाट निस्किएकी थिइन्। 

जापानको सरकारी समाचार एजेन्सी (आइएचए)का अनुसार माको र कोमुरोको सम्बन्ध सार्वजनिक भएपछि राजकुमारी माकोले गम्भीर मानसिक समस्याको सामना गर्नुपरेको थियो। जापानमा उनीहरूको सम्बन्धलाई विवादित मानिएको छ।

राजकुमारी माको र कोमुरोको सन् २०१७ मै इङ्गेजमेन्ट भएको थियो। त्यसको अर्को वर्ष नै विवाह गर्ने भनेको जोडीको विविध कारणले विवाह हुन सकेको थिएन। 

दुवैजना कलेज पढ्दादेखि नै प्रेम सम्बन्धमा थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.