|

काठमाडौं : नवल खड्काको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म 'काँडेतार'मा सुरविना कार्की अनुबन्धित भएकी छन्। 

निर्माता तथा निर्देशक खड्काले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत 'काँडेतार'मा सुरविना अनुबन्धित भएको जानकारी दिएका हुन्। 

देशको सिमानाका बारेमा बन्न लागेको फिल्ममा रेविका गुरुङ यसअघि नै अनुबन्धित भइसकेकी छिन्। फिल्मको बारेमा लेख्दै निर्माता तथा निर्देशक खड्काले सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्र नगरेर असल छिमेकीसँग सद्‌भाव कायम राख्ने उल्लेख गरेका छन्। 

खड्काले यसअघि 'भीमदत्त', 'दशगजा', 'आवाज', 'क्रान्ति' लगायतका फिल्म बनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.