|

काठमाडौं : कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेटघाट गरेका छन्। भरतमणिले आफ्नो सामाजिक सञ्जालमा आफ्नो र पारसको फोटो राख्दै भेटको जानकारी दिएका हुन्। 

उनले पूर्वयुवराजलाई भेट्न पाउँदाको खुशी फेसबुक स्टाटसमार्फत व्यक्त गरेका छन्। उनले लेखेका छन्, 'एकदमै खुशी छु। केही दिनअघि पूर्वयुवराज पारस शाहसँग भेटघाट गर्ने अवसर मिल्यो। उहाँको शुभचिन्तक थिएँ‚ भेटघाटपछि झन् ठूलो प्रशंसक भएँ।' साथै आफूलाई पारस रमाइलो र साथी जस्तो लागेको पनि उनले जनाएका छन्। ​

कमेडी च्याम्पियनको शीर्ष ४ को प्रतिस्पर्धामा भरतमणिले पारसको क्यारिकेचर गरेका थिए। भरतमणिको उक्त प्रस्तुतिलाई दर्शकले निकै मन पराएका थिए भने केहीले उनको आलोचना पनि गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.