|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउने बारेमा अहिले गठबन्धनका पाँच दल बीच कुनै छलफल नभएको बताएका छन्। 

मंगलबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा सत्ता गठबन्धनबीच अहिलेसम्म प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने वा नलगाउनेबारे कुनै छलफल नै नभएको बताए। 

हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले भनाइ थियो।  उनले सत्ता गठबन्धनका तीन नेताबीच यस विषयमा खास छलफल नभएको र अब छिट्टै गठबन्धनका सबै शीर्ष नेताहरूबीच बैठक बसेर यस विषयमा छलफल गरिने जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.