|

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

बुधबार बिहान पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ। दिउँसो  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.