|

बैतडी : नेपाल (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो।

अहिले वडा अधिवेशन भइरहेको र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने एमाले बैतडी सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए। कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोही अनुसार अधिवेशन भइरहेको छ।

कात्तिक १५ मा सबै स्थानीय तहमा हुने अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता तोकिएको छ। शिवनाथ गाउँपालिका र  मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटि सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुस्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ।

यस्तै‚ दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडी नगरपालिकामा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सिगास गाउँपालिकामा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरक रुपमा खटाइएको एमाले बैतडीका सचिव भट्टले बताए।

चार वडामा  अधिवेशन सम्पन्न

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय ८४ वडा रहेको बैतडीमा सोमबारदेखि वडा अधिवेशन सुरु भएको र अहिलेसम्म जिल्लाका चार वडामा सम्पन्न भएको  छ। 

सचिव भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.