|
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका बेलौरी नगरपालिका ४ का बलीराम राना ।

कञ्चनपुर : बेलौरी नगरपालिका ४ शान्तिपुरका ५० वर्षीय बलीराम राना गैंडाको आक्रमणबाट बुधबार बिहान  गम्भीर घाइते भएका छन्।

च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैंडाले आक्रमण गरेको हो। गैंडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले गैंडाले रानालाई घाइते बनाएको खबर आएको बताए। सत्यतथ्य बुझ्नका लागि निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादव सहितको टोली घटनास्थलतर्फ लागेको बताए।

रानालाई गैंडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन्। रानाको ढाडमा गहिरो घाउ लागेको छ। सामुदायिक वन क्षेत्रमा केही दिनदेखि गैंडा देखा पर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ। गैंडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.