|

जीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ। किनकि, आजसम्म  अरू यस्तो हुनुपर्थ्यो, त्यस्तो हुनुपर्थ्यो, त्यस्तो नहुनु पर्थ्यो भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको  छैन मानिसले।

विपनामा त के सपनामा पनि व्यक्तिले अरूलाई नै धेरै भूमिकामा देख्छ आफूलाई कमै देख्छ। धेरैलाई लाग्छ जीवनमा सपना देख्ने र त्यसलाई पूरा गर्न लागिपर्ने पुरुषार्थ व्यक्ति नै आफू हो। संसारमा केहि प्रतिशत सन्तहरू भेटिन्छन् जसले सपनालाई होइन जागरणलाई बुझेका हुन्छन्। उनीहरु भन्छन् एउटा जागृत चेतना नै आफू हो।

सपना र जागृतीको पहिचान

मनोविदहरू भन्छन् जस्तो मानिस छ उस्तै सपना देख्छ। योगीहरू भन्छन् अतृप्त कामना सपना बनेर आउँछन् त्यसैले कामना या सपनाको पछाडी दौडने होइन बरू त्यसलाई साक्षीपूर्वक निरीक्षण गर्ने र त्यसबाट मुक्ति हुने उपाय खोज्नुपर्दछ।

सपना देख्नै छाड्ने ? कुरा सुन्दापनि आश्चर्य लाग्न सक्छ। आफैंले कसरी सपना देखौं र नदेखौं भनेर रोज्ने अर्थात सपनामाथि नियन्त्रण गर्न सकिन्छ ?  भन्ने लाग्नु स्वाभाविक हो। कतिपय दार्शनिक, विद्वान र नेताहरुले भन्ने गर्दछन्– सपना देखे पो पूरा हुन्छ अर्थात सपना पूरा हुन सपना देख्नुपर्छ भन्ने उनीहरुको धारणा रहेको हुन्छ। तर सपनामा हामी के देख्छौं?

सपनामा आफू बाहेक सबैलाई, सबै कुरालाई देख्छौं। साथीभाई, आफन्त, श्रीमान, श्रीमती सबै हुन्छन्। कसैको बढुवा हुन्छ, कसैले ठूलो बंगला बनाइसकेको हुन्छ, कसैको केहि भइरहेको हुन्छ आदि आदि कुरा सपनामा देखिन्छ। तर आफू देखिदैन। अरुलाई नै केहि भैरहेको, अरुले नै केहि गरिरहेको यस्तै। जे कुरा विपनामा होस् भन्ने हाम्रो चाहना थिए ति पनि सपनामै देखिन्छ। जे नहोस् भन्ने हो त्यो पनि सपनामै। 

गुरुले मुस्कुराउँदै जवाफ दिए– ‘ठीक भन्यौ, मैले पनि तिमी भित्र वर्षौंदेखि अझै बाकी रहेको लोभ, मोह, क्रोध, इर्ष्यारुपी दुर्गन्ध भरिएको मनलाई सफा नगरीकन, तिम्रो चित्तशुद्धि नभईकन कसरी दीक्षा दिउँ? तिमीले पनि मनका अशुद्धिहरुलाई सफा गर। जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्दछ त्यसै दिन तिमी दीक्षित हुनेछौ।

सपना सपना नै हो भन्ने कुरा हामीले ख्यालै नगरी आज सपना यस्तो देखें त्यसैले  अनिष्ट हुन्छ या शुभ हुन्छ भनेर अनुमान लगाउने र विश्वास नै गर्छौं। सपना यति काँतर हुन्छ कि निद्राबाट थोरै सिरक तान्नासाथ गायब हुन्छ।  सपना साँचो हुन्थ्यो त सिरक तानेर ओढेर सुतेपछि फेरि त्यो सपनाले निरन्तरता पाउनुपर्दथ्यो। अहँ त्यस्तो हुँदैन।

सपनामा रमाउनेहरू सपनानै देख्न रुचाउँछन्, सपनामानै मजा मान्दछन्।जागेपछि सपना हराएर जान्छ त्यसैले उनीहरु जाग्न चाहदैनन्। राती सुतेर बेहोशी निद्रामा देखिने सपनाको कुरा गरिरहेपनि हाम्रो जीवनको भागदौड र जीवनको सपना पनि ठ्याक्कै यस्तै छ। आवश्यकता जुन पूरा नगरी हुँदैन त्यसकोलागि हामीलाई सपना देख्नु पर्दैन।

जागृत रहेर, होशपूर्णभएर, सम्यक कर्मले हाम्रा अति आवश्यक कुराहरु हामी पुर्याउन सक्छौ। जब आवश्यकता भन्दा पर इच्छा जाग्छ तब हामी सपना देख्न थाल्छौं। यो सपनामा पनि हामी आफूलाई देख्दैनौं अरुलाई नै देख्छौं। अरुको भन्दा ठूलो घर, अरुको भन्दा धेरै कमाउने श्रीमान, अरुको भन्दा नयाँ डिजाइनको गाडी, छोराछोरीको पढाई अरुका छोराछोरीको भन्दा राम्रो आदि आदि इच्छा जीवनमा देखिने सपना हुन्।

यस्ता सपनाले कहिल्यै जागृत हुन दिंदैन बरु देखासिकीमा लैजान्छ। हाम्रो आवश्यकता भन्दापनि अरुको देखासिकीको कारण, अरुलाई देखाउनको लागि कस्ता सम्म इच्छा जाग्छन् हामीमा एकपटक सोचौं त ? सबसे बडा रोग, क्या कहेंगे लोग भनेझैं अरुकै देखासिकी र अरुकै कारणले कस्ता कस्ता महत्वाकांक्षाले कस्ता सपनामा पुर्याएको हुन्छ हामीलाई ख्याल गरौं त !

जीवनभरको दौडधूप र आपाधापीपछि जीवनको अन्तिमक्षणमा आएर प्रत्येक व्यक्तिले एकपटक सोच्ने गर्दछ मैले के को लागि गरेको यो सब ? सब ब्यर्थ लाग्छ उसलाई जसले इच्छापूर्तिको निम्ती के सम्म,कस्ता कर्म सम्म गरेन? अन्तिम समयमा भनेपनि ऊ जागेको हुन्छ। अब उसलाई सन्यस्त हुन मनलाग्छ। परमतत्वसँग जोडिन मनलाग्छ।

सपनाबाट जाग्नु र होशपूर्ण रहने मार्ग अपनाउनु नै सन्यास लिनु हो। घरबार जोडेर जङ्गल निस्कनु सन्यास हो भनेर हामीले संसारमा बुझेको कुरामा कुनै सत्यता छै। सन्यास सपनाबाट जाग्नु हो घरबाट भाग्नु होइन। सन्यास आफ्ना हरेक कर्महरु, सम्बन्धहरु र आफ्नो आचरण अर्थात जीवनशैली प्रति  होशपूर्ण रहनु हो।

व्यक्तिले चाह्यो भने हरेक कर्म र परिस्थतिप्रति जागृत भएर सपनाका कुनै अवशेष बाँकी नरहने गरी समग्रताकासाथ जीवन बाँच्न सक्छ। प्रत्येक कर्मप्रतिको समग्रता, चित्तमा कुनै अधुरोपना बाँकी नरहोस् जुन पूरा गर्नको लागि फेरि सपना देख्नु परोस्। प्रत्येक काम गर्दा केवल काममा ध्यान जाओस् अन्यत्र होइन। यसको अभ्यासले व्यक्तिमा खानाको स्वाद, कर्मको आनन्द, निद्रामा गहनता सबै कर्मका परिणाम गुणवत्तामा परिणत हुन्छन्। कुनैपनि सकारात्मक कर्म, इच्छा र उद्देश्यलाई अपूर्ण नछोड्नु, पूरा हुन दिनु नै जागृत रहने कला हो।

मनको फोहोर फ्याँके आफू भेटिन्छ

एकजना प्रख्यात ब्यापारीलाई ७५ वर्षको उमेरमा एक्कासी सन्यास दीक्षा लिने इच्छा जागेछ र गुरुकहाँ पुगेछन्।गुरुलेआश्चर्य मान्दै सोधेछन् –यो उमेरमा आएर तिमीलाई किन यस्तो भावना आयो?

ब्यापारीलेभने –गुरुजी जीवनभरको सपनाले मलाई जगाएको छ।  अब म सन्यास लिएर जीवनलाई धन्य बनाउन चाहन्छु। जीवनको केहि समय भएपनि स्वाध्यायमा बिताउन चाहन्छु।

गुरुलाई लागिरहेछ अझैं ब्यापारीको मन र विचार शुद्ध भैसकेको छैन। जीवनभरको कोडा कचेराले त्यतिनै स्थान लिइरहेकोछ। गुरुले तिमी यसपटक जाऊ, समय आएपछि म नै तिमीकहाँ आउनेछु भनेर पठाईदिए। करीव २ महिनापछि गुरु ब्यापारीकहाँ पुगे। गुरुलाई देखेर ब्यापारी दंग परे। मनमनै सोचे आज त गुरुले दीक्षा दिनुहुन्छ।

गुरुले पहिले भिक्षा दानकोलागि ब्यापारीसँग अनुरोध गरे।गुरुको भिक्षा पात्रमा फोहोरमैला, कुहिएको खानेकुरा थियो। ब्यापारीले भने गुरु– म यो मिष्ठान्न हजुरको दुर्गन्धित भिक्षा पात्रमा कसरी दिन सक्छु। पहिले यसलाई सफा त गर्नुस्।

गुरुले मुस्कुराउँदै जवाफ दिए– ‘ठीक भन्यौ, मैले पनि तिमी भित्र वर्षौंदेखि अझै बाकी रहेको लोभ, मोह, क्रोध, इर्ष्यारुपी दुर्गन्ध भरिएको मनलाई सफा नगरीकन, तिम्रो चित्तशुद्धि नभईकन कसरी दीक्षा दिउँ? तिमीले पनि मनका अशुद्धिहरुलाई सफा गर। जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्दछ त्यसै दिन तिमी दीक्षित हुनेछौ।

यो वोधकथा भित्र लुकेको सन्देशले जो सुकैलाई जागृत गराई स्वाध्यायमा प्रेरित गराउँदछ।

एक विशुद्ध बोधो हम

राजा जनकलाई बार–बार आफैंमा एउटा प्रश्न जाग्थ्यो–म को हूँ ? धेरै सन्तहरुबाट उहाँले यो प्रश्नको जवाफ खोज्नुभयो तर कसैबाट चित्त बुझ्दो जवाफ पाउनु भएन। राज्य संचालन गर्दागर्दै पनि उहाँ लाई यो म को हूँ को जवाफ कहाँबाट कसरी पाइएला, मैले  मलाई नजानिकन जीवन समाप्त  हुने  होला  कि भन्ने कुरामा चिन्तन गरिरहनुहुन्थ्यो।

 आफ्नो बारेमा धेरै  जिज्ञासु हुनुहुन्थ्यो। यसकै लागि एकपटक राजा जनकले दरबारमा शास्त्रार्थ गर्न भनेर विद्वानहरूको भेला आयोजना गर्नुभयो। संवादमा धेरै पण्डितहरूले सकेनन् हार माने, कतिले बिचमै सभा छोडेर निस्के। 

राजा जनकले अस्टाबक्रको यो कुरालाई हृदयत मनन गरे। अस्टाबक्रले राजा जनकलाई सम्झाउछन - हे महाराज जनक!  यहि चैतन्य, शान्त, आनन्द रुप हो हजुर। शरीर, बुद्धि, मन होइन हजुर। एक विशुद्ध बोधो हमः केवल विशुद्ध बोध हो हजुर। निराकार चेतन हो हजुर। अन्त्यमा राजा जनक अस्टाबक्रको चरण परे।

अस्टाबक्र जो ८ वर्षको बालक थिए र उनको शरीर ८ ठाउँमा  बाङ्गिएको थियो। त्यसैले उनको नाम अस्टाबक्र रहेको हो। उनका पिताले शास्त्रार्थमा हारेको खबर फैलिएको सुने र  दौडदै राजाको दरबारको ढोकामा पुगे। अनि  ढोका खोलेर भित्र पसे।

आठ ठाउँमा बाङ्गिएको तनिहरुका नजरमा  कुरूप देखिने बालक भित्र पसेको देखेपछि सबै हाँस्न थाले। एकछिनसम्म हासो चल्यो। र सबै चुप भए। सबै चुप भएपछि अस्टाबक्र झन् बेस्सरी हाँस्न थाले। राजा जनक आस्चर्यमा परे र सोधे-  तिमी चाही किन हाँसेको ? 

चमारहरूको समूहमा सत्यको खोजी र बहस भैरहेको रहेछ त्यसैले हाँसेको अस्टाबक्रले जवाफ दिए। चमार ? हामी पण्डितहरुलाई छालाको व्यापार गर्ने चमार भनेर सम्बोधन गर्ने ? यसलाई हदैसम्मको कारवाही हुनुपर्छ भनेर पण्डितहरू उफ्रिन थाले।

राजा जनकले अस्टाबक्रलाई सोधे– कुन आधारमा तिमीले यि पण्डित विद्वानहरूलाई चमार भनेको त ? अस्टाबक्रले भन्नुभयो–महाराज मैले जातको कुरा गरेको छैन। यिनीहरुको ज्ञान र चेतनाको स्तरको कुरा गरेको हूँ।

यिनीहरु जातले उच्च भनिएर के गर्नु चेतनाको स्तर निम्न रहेछ। हेर्नुस् न यिनीहरू मेरो छालाको शरीर देखेर मुल्यांकन गरेका छन्। मेरो छालासंग आफूलाई तुलना गरेका छन्। म भित्रको चेतनाको स्तर यिनीहरूलाई के थाहा ? महाराज यिनीहरुलाई त थाहा भएन तर हजुरलाई समेत थाहा नभएको देखेर मलाई दुःख लाग्यो।

राजा जनकले अस्टाबक्रको यो कुरालाई हृदयत मनन गरे। अस्टाबक्रले राजा जनकलाई सम्झाउछन - हे महाराज जनक!  यहि चैतन्य, शान्त, आनन्द रुप हो हजुर। शरीर, बुद्धि, मन होइन हजुर। एक विशुद्ध बोधो हमः केवल विशुद्ध बोध हो हजुर। निराकार चेतन हो हजुर। अन्त्यमा राजा जनक अस्टाबक्रको चरण परे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.