|

काठमाडौं : कोरोनाको दोस्रो लहरका कारण छायांकन रोकिएको 'बाबरी'को छायांकन फेरि सुरु भएको छ।

वैशाखमा रोकिएको फिल्मको छायांकन बिहीबारदेखि फेरि सुरु गरिएको हो। 

सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भइरहेको फिल्ममा आदिती बुढाथोकी र धीरज मगर मुख्य भूमिकामा देखिँदै छन्।

पुष्पा बुढाथोकीको निर्माणमा बन्दै गरेको फिल्ममा आदिती र धीरजबाहेक पुरानो अभिनेत्री तृप्ती नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहने बताइएको छ। 

यतिबेला काठमाडौंमा गीतको छायांकन भइरहेको फिल्मको बाँकी भागको छायांकनको लागि दार्जिलिङ जानेछ। भाइटीकाको भोलिपल्ट निर्माण टोली दार्जिलिङ जाने तयारीमा छ। 

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको नृत्य निर्देशन तथा कालीप्रसाद बास्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.