|

लागुऔषध मामिलामा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले आज जमानत पाएका छन्। ​मुम्बई उच्च अदालतले २५ दिनपछि बिहीबार उनलाई जमानतमा हिरासतमुक्त गर्ने आदेश दिएको हो। 

आर्यनले जमानत पाए पनि अझै एकदिन हिरासतमै बस्नुपर्ने छ। उनलाई कुन सर्तमा रिहा गर्ने भन्ने विषयमा बहस हुन बाँकी रहेकाले उनी बिहीबार नै घर जान नपाएका हुन्। 

यसअघि सतीश मानसिन्दे र अमित देसाईले आर्यनलाई जमानत दिलाउन नसकेपछि उच्च अदालतमा मुकुल रोहितगीले आर्यनको पक्षबाट वकालत गरेका थिए।

उनी भारतका पूर्वमहान्यायाधिवक्ता हुन्। भारतको एनसिबी (नारकोटिक्स कन्ट्रोल ब्युरो) ले गत अक्टोबर २ मा आर्यनलाई ड्रग्स पार्टी मुद्दामा पक्राउ गरी हिरासतमा राखेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.