|

विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।

कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।

मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका छन्।

एमालेले कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो। तर, लेटाङ, उर्लाबारी, धनपालथान, सुनवर्षी र जहदा गाउँपालिकामा केही दिनका लागि अधिवेशन स्थगित भएको छ। स्थगित अधिवेशन छिटै हुने एमाले मोरङले जनाएको छ।

हालसम्म विराटनगर महानगरपालिका, रतुवामाई, रंगेली, सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका तथा कटहरी, ग्रामथान, केराबारी र मिक्लाजुङ गाउँपालिकामा भने अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेका छन्। 

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू

रतुवामाई नगरपालिका
अध्यक्ष : देवी दाहाल
उपाध्यक्ष : कृष्ण ढकाल
सचिव : नेवालाल राजवंशी
सहसचिव : हेम कार्की र हरी श्रेष्ठ
रंगेली नगरपालिका
अध्यक्ष : दलबहादुर बस्नेत
उपाध्यक्ष : जीतलाल मण्डल
सचिव : शान्तलाल खवास
सहसचिव : यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर
सुन्दरहरैंचा नगरपालिका
अध्यक्ष : मात्रिकाबाबु ढकाल
उपाध्यक्ष : अकलदेबी चौधरी
सचिव : सन्तोष घिमिरे
सहसचिव : डिल्ली ढकाल र डिल्ली लुइटेल
पथरीशनिश्चरे नगरपालिका
अध्यक्ष : रमेश दाहाल 
प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीले सपथ ग्रहणमा सहभागिता जनाएनन्।
कटहरी गाउँपालिका
अध्यक्ष : रामनारायण राजवंशी
उपाध्यक्ष : सुमनकुमार सरदार
सचिव : मनोज माझी
सहसचिव : यादव अधिकारी
ग्रामथान गाउँपालिका
अध्यक्ष : कुमार आचार्य
उपाध्यक्ष : तुलसीराम विश्वास
सचिव : सत्यनारायण माझी
सहसचिव : अरबपति गच्छदार र नविन मण्डल थारु
मिक्लाजुङ गाउँपालिका
अध्यक्ष : बुद्धिमान लिम्बू
उपाध्यक्ष : वृद्धिलाल निरौला
सचिव : नविन कार्की
सहसचिव : चन्द्र लिम्बू
केराबारी गाउँपालिका
अध्यक्ष : पूर्णबहादुर मगर
उपाध्यक्ष : राकेश राई
सचिव : भीमबहादुर कार्की
सहसचिव : सविता लिम्बू र शरण मगर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.