|

भक्तपुर :  भक्तपुरका किसानहरुलाई यतिखेरी धान भित्र्याउने चटारो छ।

कोही घर आँगन, कौशी होस या चोक चोकमा धान सुकाउन व्यस्त छन् भने कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन्। बडादशैँ सकिएलगत्तै धान काट्न सुरु भएको भक्तपुरमा तिहार नजिकिँदै गर्दा किसानलाई थप चटारो परेको छ।

केही दिन अघिको बेमौसमी वर्षाले त्रसित किसानहरू पुनः त्यस्तै वर्षा भर पाकेर पहेँलपुर भएको धानमा क्षती हुन्छ की भन्ने आशंकाले हतार हतारमा धान भित्र्याउन सक्रिय बनेका हुन।

धान खेती हुने क्षेत्रहरू मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायतका स्थानमा धान काट्न किसानहरुलाई भ्याईनभ्याई छ।

भक्तपुर नगरका नपुखु क्षेत्र, इन्द्रायणी पिठ, खौमा, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटाहरूमा किसानहरू धान सुकाउने कार्यमा व्यस्त देखिन्छ।

भक्तपुरका किसानहरूले खुमल ६, खुमल ११, स्थानीय जातको ताइचिन, मन्सुलीका साथै सबैभन्दा धेरै डि वाई ६८ हाईब्रिड धान लगाउँछन्। बढी फल्ने भएपछि किसानहरू हाइब्रिड धानतर्फ आकर्षित भएका हुन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.