|

काठमाडौं : रौतहट, मोरङ, झापा, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। 

रौतहटको चन्द्रपुर नगरपालिका ३ प्रणामी टोलमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ।  ना ४ त ३९३५ नम्बरको ट्याक्टरबाट गुडिरहेको अवस्थामै चालक चन्द्रपुर नगरपालिका ३ का ३५ वर्षीय रत्न बहादुर मोक्तान खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय श्याम लिङ्खा रहेका छन्। 

झापाको अर्जुनधारा नगरपालिका ११ सालबारीमा गएराति मोटरसाइकल पल्टिदा चालक १८ वर्षीय कुसल दासको मृत्यु भएको छ।  नवलपरासीको ७ चोरमारामा पनि मोटरसाइकल पल्टिदा चालक स्थानीय २९ वर्षीय नेत्रबहादुर मिथुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसैबिच कपिलवस्तुको वाणगंगा नगरपालिका ८ मधुवनमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। स्थानीय ८५ वर्षीय रुद्रप्रसाद पौडेलको मृत्यु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.