|

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूको निरन्तर इजलास बहिष्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि इजलास तोकेका छन्। 
आफूसहितको पूर्ण र एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४३ वटा मुद्‍दाको पेसी तोकेका हुन्। 

प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्‍कार गर्दै आएका छन्।  यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।

आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्। न्यायाधीश र वकिलको आन्दोलनले सर्वोच्च अदालतबाट हुने न्याय निरूपण भने प्रभावित हुँदै आएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.