|

काठमाडौं : 'द भ्वाइस अफ किड्स' कात्तिक २६ गते शनिबारदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ। बालबालिकाहरूको गायन रियालिटी सो कात्तिक २६ देखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको हो। 

राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा रहने कार्यक्रममा ६ देखि १४ वर्षसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन्। भ्वाइस अफ नेपालको तीनवटा सिजन भइसकेको छ भने भ्वाइस अफ नेपाल किड्सको यो पहिलो सिजन हो। 

जोन डि मोलको अवधारणामा नेदरल्याण्डबाट सुरु भएको 'द भ्वाइस' अहिले अमेरिका, अष्ट्रेलिया, भारत, नेपाल, इटाली, फ्रान्स लगायत झण्डै डेढ सय देशहरूमा फैलिएको छ। 'द भ्वाइस' फ्रेन्चाइजको 'द भ्वाइस अफ किड्स' भने बेलायतबाट सुरु भएको हो। 

निर्देशक लक्षमण पौडेलको निर्देशन रहने कार्यक्रम कात्तिक २६ देखि हरेक शुक्रबार र शनिबार हिमालय टेलिभिजनमा प्रसारण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.