|

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै  बजारमा किनमेल गर्नेको भीड देखिन थालेको छ।

तिहारमा विशेषगरी फूल, माला, बत्ति र भाइमसलाको अत्यधिक व्यापार हुने गर्छ।

तिहारमा आवश्यक सामग्री स्वदेशमा न्यून मात्र उत्पादन हुन्छ। यसरी स्वदेशमा उत्पादन नहुँदा तिहारका लागि सामान किन्न ठूलो पुँजी विदेशिने गरेको छ।

स्वदेशमा उत्पादन हुने सामग्रीमा पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन। यसबाट चाडपर्व मनाउन छिमेकी मुलुक चीन र भारतबाट ठूलो मात्रामा सामान आयात हुने गरेको छ। 

तिहारमा दाजुभाइलाई पहिराउने फूलको माला,घर-आँगन सजाउने सामग्रीदेखि भाइमसलासम्म सबै विदेशबाटै आयात हुने गरेको भन्सार विभागले जनाएको छ।

नेपालमा उत्पादन हुने सामग्री न्यून मात्र भएको पनि विभागका कर्मचारी बताउँछन्। 

तिहारका लागि आयात हुने सामान

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार तिहारका लागि १६ भन्दा धेरै प्रकारका वस्तु व्यवसायीले आयात गरेका छन्।

नेपालमा उत्पादन हुने सामग्री पनि अपर्याप्त हुँदा आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

उत्पादन हुने नरिवल, काजु, बदाम, ओखर, कटुस, पिस्ता, सुपारी, केरा, खजुर, छोगडा, अम्बा, सुन्तला, कागती तथा फलफूल, अंगुर, किसमिस र स्याउ आयात भएको छ।

नेपालमै प्रशस्त उत्पादन हुने मौसमी फलफूल केरा, सुन्तला, सुपारी, कटुस, नरिवल र बदामसमेत चालू आवको सुरुका ३ महिनामा भारतलगायत देशबाट आयात भएको छ।

यस्तो छ आयात भएको सामग्रीको परिमाण

चालू आवको साउन, भदौ र असोजमा ३९ लाख ८१ हजार किलो नरिवल आयात भएको छ। यस वर्ष नरिवल खरिदका लागि नै ३२ करोड ६४ लाख रूपैयाँ मुलुकबाट बाहिरिएको छ।

गत वर्ष ३५ लाख ३७ हजार किलो नरिवल आयात भएको थियो। त्यस अवधिमा  २६ करोड ५६ लाख रूपैयाँ बाहिरिएको थियो। 

गत वर्ष ४ लाख २६ हजार किलो काजु आयात भएको थियो। जसका लागि ३६ करोड ७६ लाख रूपैयाँ विदेशिएको थियो।

यस वर्ष सोही अवधिमा ४ लाख ८४ हजार किलो काजु नेपाल आयात भएको छ। जसका लागि ३९ लाख  ७१ हजार रूपैयाँ देशबाट बाहिरिएको छ। 

त्यसैगरी यस वर्ष आयात भएको ६ लाख  ३१ हजार किलो बदामका लागि नेपालबाट ३८ करोड ५७ लाख रूपैयाँ विदेशलाई भुक्तानी भयो।

गत वर्ष सोही समयमा ३ लाख ७५ हजार किलो बदाम आयात भएको थियो। त्यति बदाम आयात गरेबापत नेपालबाट २९ करोड ४१ लाख रूपैयाँ बाहिरिएको थियो। 

त्यस्तै गत वर्ष ५ लाख १९ किलो आयात भएको ओखरका लागि नेपालले १६ करोड ७८ लाख रूपैयाँ विदेश पठाउनु परेको थियो।

यस वर्ष ६ लाख ६५ हजार किलो ओखर आयात भएको छ। जसका लागि १९ करोड ७५ लाख रूपैयाँ देशबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.