|

काठमाडौं : फिल्म 'उचाइ'को छायांकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी लगायतको टोली शनिबार भारत फर्किएको छ। 

झन्डै ४ सातामा नेपालको सुटिङ तालिका सकेर टोली भारत फर्किएको हो। फिल्मका कलाकारहरूका लागि नेपाल बसाइ अविस्मरणीय बनेको उनीहरूका फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट अनुमान लगाउन सकिन्छ।

केही दिनअघि अनुपम खेरले ट्विटरमा बिहान साढे ५ बजे अन्नपूर्ण हिमालमा घामको पहिलो किरण परेको क्षणको भिडिओ राखेर अविस्मरणीय पल उल्लेख गरेका थिए।

उनले मनाङ छेउको एउटा गाउँका दुई बालबालिकाले हाँसेको भिडिओ पनि ट्विटरमा राखेका छन्। 

परिणीतिले पनि अन्नपूर्णमा घाम झुल्कँदाको भिडिओ आफ्नो ट्विटर अकाउन्टमा राखेकी छन्।

छायांकनका क्रममा नेपालको हिमाली र पहाडी क्षेत्र घुमेका कलाकारहरू यहाँका हिमाल, पहाड तथा यहाँका स्थानीयको जीवनशैली, पाहुनालाई गर्ने स्वागतसत्कार र व्यवहारबाट प्रभावित भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

तस्वीरमा अनुपम, परिणीति र बोमनको नेपाल बसाइः​


तस्वीर सौजन्य : परिणीति चोपडा, बोमन इरानी र अनुपम खेरको फेसबुक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.