|

विराटनगर : प्रदेश १ का पाँच दलीय गठबन्धनका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन्। गठबन्धनका तर्फबाट सरकारमा दाबी गर्नका लागि दलहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका हुन्। ​​​​​​​आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ।

बैठकबाट आचार्यले विश्वासको मत पाउने अवस्था छैन। उनले संसदमा सम्बोधनपछि राजीनामा दिने तयारी गरेको बताइएको छ।

सोमबार साढे १२ बजे बस्ने भनिएको सभा बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ।

नेकपा (एमाले) विभाजनपछि गत भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण बैठक आजसम्मका लागि बैठक सरेको थियो। 

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रतिपक्षी गठबन्धनमा ५० र सत्तापक्षसँग ४१ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.