|

काठमाडौं : बहुप्रतिक्षित तेलुगु फिल्म 'आरआरआर' (राइज रोअर रिभल्ट) को पहिलो टिजर सार्वजनिक भएको छ।

एस एस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

फिल्ममा जुनियर एनटिआर, रामचरण, अजय देवगन, आलिया भट्टलगायत कलाकारको मुख्य भूमिका छ।

सन् २०१८ मा घोषणा भएको फिल्म सन् २०२१ मै प्रदर्शनमा ल्याउने तयारी थियो।

कोरोना संक्रमणका कारण समयमा छायांकन हुन नसकेपछि फिल्मको प्रदर्शन मिति सार्नु परेको थियो। 

४ सय करोड भारतीय रूपैयाँभन्दा बढी बजेट रहेको फिल्म सन् २०२२ जनवरी ७ मा प्रदर्शनमा ल्याउने तयारी छ।

फिल्म तेलगु, हिन्दी, तामिल, मलयालम, अंग्रेजीलगायत भाषामा प्रदर्शनमा आउनेछ।

राजमौलीकै लेखन तथा निर्देशन रहेको फिल्म 'बाहुबली' र 'बाहुबली-२' ले कीर्तिमान व्यापार गरेका थिए।

'बाहुबली' भन्दा पनि ठूलो बजेट र चर्चित कलाकारको अभिनय रहेकाले 'आरआरआर' घोषणा भएपश्चात नै फिल्मको अत्यधिक प्रतीक्षा हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.