|

भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। नेवार समुदायले भने यस पर्वलाई स्वन्ती नखःको रुपमा मनाउँछन्। तिहारको चौंथो दिन नेवार समुदायले म्हपूजाको रुपमा आफ्नै शरीर पुजा गर्दछन्।

तिहारमा लक्ष्मी पूजा गर्न होस् या म्हपुजा, भाइटीका नेवार समुदायमा बिमिरो अनिर्वाय चाहिन्छ। त्यसका अलावा भोगटे, स्याउ, सुन्तला, मौसम, चाक्सी, हलुवावेद, नासपाती, अमला, बदाम, सिंगुली, अम्वा, केरा, पान, मसला आवश्यक पर्छ। नेवार समुदाय लक्ष्मी पूजा गर्दा चित्रकारले कोरेको लक्ष्मीको चित्र समेत राख्ने गर्दछन्।

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा पनि तिहारका लागि बजार खुलेको छ। बिहानैदेखि टौमढीमा तिहारका लागि आवश्यक फूल र फलफूललगायतका सामग्री खरिद बिक्रि गर्नेको घुइँचो लाग्ने गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.