|

बैतडी : नेकपा एमाले को १० औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।

६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए।

जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना, पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो।

यस्तै  दोगडाकेदार गाउँपालिकामा काशीसिंह विष्ट, डिलाशैनी गाउँपालिकामा रघुवीर बोहरा, पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द, सुर्नया गाउँपालिकामा राजेन्द्र भट्ट र  सिगास गाउँपालिकामा गोपाल धामी चयन भएका छन्।

यसअघि जिल्लाका ८४ वटै वडामा पनि सर्वसम्मत नै नेतृत्व चयन गरिएको थियो।

प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ।

एमालेको दसौँ महाधिवेशन आगामी मंसिर १०-१२ गते  चितवनमा हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.