|

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। 

जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।

अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेरिका रहेको छ।

यसैगरी रुस कार्वन उत्सर्जनमा विश्वमा पाँचौ स्थानमा रहेको छ। भारत र युरोपेली संघमा आवद्ध मुलुक कार्वन उत्सर्जनमा तेस्रो र चौथो स्थानमा रहेका छन्।

जलवायु परिवर्तनमा मुख्य कारक रहेका विश्वका ठूला कार्वन उत्सर्जकले प्रतिवद्धतासहित काम नगरेसम्म जलवायु परिवर्तनको असर रोक्न असम्भव जस्तै छ। कोप–२६ मा विश्वका १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.