|

काठमाडाै‌ं : अभिनेता राजेश हमालले स्वर दिएको पहिलाे म्युजिक भिडियो सार्वजनिक भएको छ।  .

काठमाडौंमा अभिनेता हमाल आफैंले स्वर दिएको र आफ्नै अभिनय रहेको ‘मन बूढो भएन’ नामको पहिलो म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो। 

दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको निर्देशनमा तयार म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ। 

अभिनेता हमालले आफैंले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

उनले आफू ५ कक्षा पढ्दा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे।

यता, उनीसँग अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन्।

भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडी देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.