|

फेसबुकले अर्को सातादेखि अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्ने जानकारी दिएको छ। उसले आफूले भण्डारण गरेका एक अर्बभन्दा बढी व्यक्तिको अनुहार नमुना मेटाउनेछ।

फेसबुकको नयाँ सञ्चालक कम्पनी मेटामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) विभागका उपप्रमुख जेरोम पेसेन्टीले मंगलबार पोष्ट गरेको ब्लगअनुसार सूचना प्रविधि उद्योगको इतिहासमा अनुहार पहिचानको उपयोगको दिशामा यो ठूलो परिवर्तन हुनेछ।

पोष्टका अनुसार फेसबुकका सक्रिय प्रयोगकर्ता (एक्टिभ युजर)मा एक तिहाइभन्दा बढी व्यक्तिले फेसबुकको अनुहार पहिचान गर्ने सेटिङलाई स्वीकार गरेका थिए र त्यो पहिचान गर्न फेसबुक सफल भएको थियो। त्यो पहिचान गर्ने टेम्पलेट हटाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.