|

काठमाडौं : आजबाट नेपाल संवत् ११४२ सुरु भएको छ। विक्रम संवत् ९३७ बाट नेपाल संवत् पात्रो सुरु भएको मानिन्छ। नेवारी समुदायमा यसको विशेष महत्व रहेको र समुदायले यसलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन्।

नेपाल संवत्का प्रणेता शंखधर शाख्वाले सबै किसानको ऋण मिनाहा गरिदिएको खुसीयालीमा यो संवत् मनाउन सुरु गरिएको उल्लेख छ। नेपाल संवत् ११२९ अर्थात बिक्रम संवत् २०६५ सालदेखि सरकारले यो संवत्लाई राष्ट्रिय सम्वतको औपचारिक मान्यता दिएको थियो।

आजकै साझ नेवार समुदायहरू म्हःपूजा अर्थात आत्म पूजा गर्दछन्। आत्म सन्तुष्ट भए मात्रै सबै काममा सफलता मिल्ने विश्वासका साथ नेवारी समुदायहरुले साँझमा परिवारका सबै सदस्यहरु एकै स्थानमा भेला भएर आफुले आफैलाई पूजा गर्ने गर्दछन्।

नेवारी भाषामा म्हः को अर्थ शरीर हो। गोकर्णेश्वर युवा उपकार क्लबले नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.