|

बैतडी : नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ।

उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको र आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारबाहीको माग पनि बैतडी कांग्रेसले गरेको छ।  

केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएको भन्दै सभापति नरेन्द्रसिंह थापाले विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा आएका अनर्गल र झूटा प्रचारको पछि नलाग्न  पनि उनले आग्रह गरेका छन्।

अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारबाहीका लागि सम्बन्धित निकायसँग कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख छ।

आगामी महाधिवेशनका लागि  उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुट्टाछुटै समूह  घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ।

सभापतिका उम्मेदवार रहेका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उनीविरुद्ध अनधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.