|

काठमाडौंः कोरोनाका कारण प्रदर्शन रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। असअघि २०७६ चैत २७ मा प्रदर्शन हुने भनिएको फिल्म आउँदो पुस २ देखि प्रदर्शनमा आउने तय भएको हो। 

निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माण रहेको फिल्म सस्पेन्स थ्रिलर जनरामा बनेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्मकाे टिजर सार्वजनिक भइसकेकाे छ भने छिटै ट्रेलर पनि सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ। चपली हाइट फ्रेन्चाइजका अघिल्ला दुई फिल्म दिपेन्द्र के खनालले निर्देशन गरेका थिए। जुन व्यवसायिक रुपमा सफल पनि भएको थियो। अघिल्ला दुई फिल्मले दर्शकको उत्साहजनक साथ पाएकाले पनि 'चपली हाइट ३' लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.