|

धनगढी : कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा युवक पक्राउ परेका हुन्।

मोहन्याल गाउँपालिका–४ सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका उनको आइतबार दिउँसो हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।

सामान्य विवादका कारण महरा निर्माण सेवाबाट सञ्चालित टिपरमा खलासी काम गर्दै आएका ठकुरीले रड प्रहार गरी आचार्यको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

 निज ठकुरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको डिएसपी विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.