|

काठमाडौं : बेलायतले कोरोनाविरुद्ध चीनले उत्पादन गरेको सिनोभ्याक र सिनोफार्म तथा भारतको कोभ्याक्सीन खोपलाई मान्यता दिने भएको छ। विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएका खोपहरुलाई बेलायतले पनि मान्यता दिने भएको हो। 

खोपलाई मान्यता दिएसँगै यी खोप लगाउने व्यक्तिलाई बेलायतले भिसा दिने छ। आगामी २२ नोभेम्बरमा बेलायतले यी खोपहरुलाई मान्यता दिने निर्णय लागू गर्ने भएको छ। त्यसपछि खोप भिसाका कारण समस्यामा परेका व्यक्तिहरुलाई राहत मिल्नेछ। 

बेलायतको यातायात विभागले यात्रा सम्बन्धी प्रावधानहरुलाई सहज हुने गरी १८ वर्षभन्दा मुनिका सबैलाई खोप प्राप्त व्यक्तिको रुपमा मान्यता दिनेछ। यस्ता व्यक्ति बेलायत प्रवेशको अनुमति पाएपछि क्वारेन्टिनमा बस्नुपर्ने छैन। 

यसअघि बेलायतले केही निश्चित खोपहरुलाई मात्रै मान्यता दिँदा चिनियाँ खोप लगाएका व्यक्तिले बेलायत प्रवेश पाउन कठिन भएको थियो। अधिकांश देशहरुले खोप भिषा सुरु गर्दा चिनियाँ खोप र भारतीय खोपका विषयमा प्रश्नहरूसमेत उब्जिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.