|

विराटनगर : प्रदेश १  सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्।  

४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।

निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने प्रतिक्रिया दिँदै आइरहेका छन्।

विश्वासको मत लिनेसम्बन्धी के छ तयारी भन्ने जिज्ञासामा उनले भने, ‘हामी कात्तिक ३० गते विश्वासको मत लिन्छौं।’

कात्तिक १५ गतेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गते बस्ने घोषणा गरेका थिए।

तर, १७ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो।

यता नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कात्तिक ३० गते संसदको बैठक बोलाइएको तथा गठबन्धनको बैठक बसेर बैठकबाट विश्वासको मत लिने विषयमा निर्णय हुने जानकारी दिए।

उनले भने, ‘छठपछि गठबन्धनको बैठक बसेर थप छलफल हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.