|

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। 

नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणमा प्रधानसेनापति शर्मा मंगलबार भारत गएका हुन्। 

प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने कार्यक्रम छ।

यस्तै उनले भारतीय जल तथा हवाई सेनाका प्रमुख ,चिफ अफ डिफेन्स स्टाफ विपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्नेछन्।प्रधानसेनापति शर्मा शुक्रबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.