|
फाइल तस्वीर

विराटनगर : प्रदेश १ मा पूर्वसभासद परशुराम  खापुङ प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले सोमनाथ अधिकारी ‘प्यासी’ लाई बर्खास्त गरि नियुक्त गर्न सिफारिस गरेसँगै खापुङ प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।

सरकारले सोमबार नै प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख पनि परिवर्तन गरेको थियो।

मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

यसअघि कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए।

को हुन् खापुङ?

परशुराम खापुङ विसं २००९ सालमा तेह्रथुम जिल्लाको हाल मेन्छ्यायेम–५ (साविकको मोराहाङ–१) मा जन्मिएका हुन्।

विष्णुप्रसाद खापुङ र आमा जसोदा आङ्देम्बे खापुङका ७ सन्तानमध्ये उनी जेठा छोरा हुन्।

विद्यार्थीकालदेखि नै राजनीतिक यात्रा आरम्भ गरेका उनले शिक्षण पेसा अङ्गालेका थिए।

३ वर्ष पोखरी मावि आठराईमा अध्यापन गरेका उनले ०३४ देखि ०४२ सम्म गौखुरि मावि मोराहाङमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए।

उनले  नेपाल राष्ट्रिय शिक्षक संगठनको तेह्रथुम  जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसमेत रहेर काम गरेका थिए।

खापुङको वामपन्थी राजनीतिक यात्रा विद्यार्थीकालबाट नै सुरु भएको थियो।

०२८ सालमा विद्यार्थी राजनीति गर्दा ६ महिना जेल जीवन बिताएका उनी वामपन्थी विचार राख्ने निडर र सरल स्वभावका रहेको उनका भतिजा खगेन्द्र खापुङले बताए।

‘विद्यार्थीकालबाटै राजनीतिक यात्रा आरम्भ गर्नुभएको उहाँको स्वभाव निडर खालको छ,' खगेन्द्रले भने, ‘उहाँले एक पटक भेट्नुभएको व्यक्तिलाई कहिल्यै भुल्नु हुन्न।’

पशुपति शमसेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीसमेत रहेका उनी ०४३ सालमा जनपक्षीय उम्मेदवार भइ तेह्रथुम  जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए।

०४६ सालको जनआन्दोलनका बेला खानेपानी सहायकमन्त्री समेत  रहेका उनले  राप्रपा नेपालबाट वाणिज्य तथा आपूर्तिमन्त्रीको समेत कार्यभार सम्हालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.