|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनका उपदेश र मार्गदर्शनले राष्ट्रिय एकतालाई अझ सुदृढ एवं सबल बनाउने बताएकी छन्। 

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिले लेखेकी छन्, ‘सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु।’

किराँत धर्म र संस्कृतिको पहिचान संरक्षण र सम्वर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका फाल्गुनन्दले समाज सुधारका लागि समेत खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी नेपालका जिल्लामा विभिन्न कार्यक्रम गरी उनको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपतिले उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.