|

डोल्पा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरि पहिलो पार्टी बन्ने दाबी गरे। बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्ता भेटघाटमा प्रचण्डले अब थोरै कसरत गरे आउने निर्वाचनमा पहिलो पार्टी हुनेमा ढुक्क हुन भन्दै जनता सम्म पुग्ने कार्यकर्तालाइ निर्देशन दिए।

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो कुरा माओवादीले मात्रै बुझेको बताए। शान्ती प्रक्रियामा आए लगत्तै  माओबादीले पहिलो दल भएको  भन्दै अब आउने निर्वाचनमा गठबन्धन कै सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृतिलाई हराउने बताए।

अर्थमन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्‍यवस्था गने बताए। डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चिनको तिब्बतको क्याटो नाका हुदै बाँकेको जमुनाहा सम्म सड्क निर्माण गरि धो मा  सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको समेत बताए।

अध्यक्ष प्रचण्ड , कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत ,अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी  माथिल्लो डोल्पामा बुधबार पुगेर आज सदरमुकाम दुनै पुगेका हुन्। डोल्पा पुगेको माओबादी सबै नेताहरुले जिल्लामा शसक्त रुपमा लाग्न र माओबादी पार्टी बलियो बनाउन समेत आग्रह गरेका थिए।

दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाण्डौ फर्किएको छ। छार्काताङसोङ  गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुईवटा वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरु नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.