हेटौंडा : नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छानिएका छन्।
कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेकोमा एकजना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।
मकवानपुरमा एमालेको नौ हजार २६८ जना संगठित सदस्य छन्। १७ जना महाधिवेशन प्रतिनिधिका लागि भएको ७५ जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, विरबहादुर घलान, फुर्वादोर्जे लामा, जुनेली श्रेष्ठ र सीता विष्ट छनोट भएका छन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सुवासचन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लालबहादुर थापा हिदम लामा, महेश बर्तौला, विष्णप्रसाद ढकाल, बरिना बल, सुमित्रा काफ्ले छनोट भएका छन्। दलित कोटामा नारायण गजमेर सर्वसम्मत प्रतिनिधि बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।