|

काठमाडौं : कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन आज सुरु भएको छ। कैलाली पार्टी सभापति नरनारायण शाहका अनुसार १२६ वटै वडामा आजै अधिवेशन सुरु भएको हो। अधिवेशन सुरु भएका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको शाहले जानकारी दिए।

उनका अनुसार शनिबार बेलुकीसम्म ९० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। उनले बाँकी ११ वटा वडामा सहमतिको प्रयास भइरहेको तथा २५ वडामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए।

शाहका अनुसार धनगढी उपमहानगरपालिकाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्बर ४ लगायतका केही वडामा भने निर्वाचन भइरहेको छ। 

कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.