|

काठमाडौं : त्रिशूलीको किनारमा अवस्थित मलेखु बजार। मलेखु बजारको छेउमै छन् सुरेन्द्र प्रसाद त्रिपाठी। उनले विगत १३ वर्षदेखि नदी किनारमा जराबाट चराका आकृति निर्माण गरेर जीविकोपार्जनको माध्यम बनाउँदै आएका छन्।

त्रिशूलीले बगाएर ल्याएर किनारमा फालेका जराबाट उनले नेपालमा पाइने विभिन्न चराचुरुङ्गीको आकृति बनाउने, रङरोगन गरेर दुरुस्तै चराको आकृति बनाउँछन्।

उनले बनाएका चराका आकृतिहरू आन्तरिक तथा बाहिरी पर्यटकका लागि आकर्षणको विषय बनेको छ। सामान्यतया ती आकृतिको  न्यूनतम तीन सयदेखि ५ हजारसम्म बिक्री हुने त्रिपाठीले थाहाखबरलाई बताए। उनले दुई पटक आफ्ना निर्माण भएका चराहरू प्रदर्शनीमा पनि राखिसकेका छन्।

बेनीघाट रोराङ गाउँपालिका-३ मलेखुका स्थायी निवासी त्रिपाठीले त्रिशूली नदीले बगाएर ल्याएका जरालाई सदुपयोग गरेको बताए। विशेष गरेर थाकल र सल्लाका जराबाट आकृति निर्माण गर्छन्।

हेर्नुस तस्वीरमा​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.