|

काठमाडौं : एक्कासि रक्तचाप बढेपछि अस्पताल भर्ना भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन्।

अध्यक्ष प्रचण्ड शनिबार दिउँसो ललितपुरस्थित मेडिसिटी अस्पताल गएका थिए। चिकित्सकको सल्लाहमा उनी एकरात अस्पतालमै भर्ना भएर बसेका थिए।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारीअनुसार  स्वाथ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहमा उनी आज दिउँसो डिस्चार्ज भएका हुन्।

चिकित्सकहरूले बताएअनुसार अहिले प्रचण्डको अवस्था समान्य रहेको बताइएको छ।

पार्टीले आयोजना गरेका विभिन्‍न कार्यक्रमहरूको सिलसिलामा उनी डोल्पा र पूर्वी पहाडी जिल्ला भोजपुरसम्म सक्रिय रूपमा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.