|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाने भएका छन्। ओली आज विहान ११ बजे विराटनगर हुँदै धनकुटा जाने कार्यक्रम रहेकाे अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ। 

छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले धनकुटाले छिन्ताङमा आयोजना गरेको ४३ औं सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न उनी धनकुटा जान लागेका हुन्। 

कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहनेछ। यस्तै सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतका प्रस्तुति रहनेछ।

खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो।

कम्युनिस्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनकी सुत्केरीसहित १६ जनाको  हत्या गरिएको थियो। १६ जना मध्ये कसैलाई भीरबाट लडाएर, कसैलाई गोली हानेर, कसैलाई अरुण नदीमा बगाएर हत्या गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.