|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीलाई वार्ताका लागि आह्वान गरेका छन्।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरेका हुन्।  उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त समेत गरेका छन्।  

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.