|

कास्की :  गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी सरकारको 'डिजिटल गण्डकी प्रोभिन्स' अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आइएमएस सफटवेयर माध्यम सार्वजनिक भएको डिजिटल पेमेन्ट प्रविधिको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा उद्देश्य राखेर ल्याएको क्यूआर सेवामार्फत पोखरेली मात्र नभई भावी दिनमा समग्र गण्डकी प्रदेशले नै लाभ लिने विश्वास व्यक्त गरेका हुन्।

‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्यूआर गरौं भन्ने प्रविधि ल्याउनु आफैमा सह्रानिय काम हो। यसले पोखरालाई डिजिटल पोखरा बनाउन मदत पुग्छ। पोखरामा अब क्यास नभई क्यूआर माध्यम पेमेन्ट गर्ने व्यवस्था हुनु सकरात्मक पक्ष हो', उनले भने।

मन्त्री थापाले आइएमएसले भित्राएको डिजिटल पेमेन्टले क्यासलेस प्रविधिलाई प्रोत्साहन गरेको बताए। सुशासन कायम गर्न र छिटोछरितो सेवा प्रवाह गर्नको लागि आइएमएसले ल्याएको डिजिटल प्लाटफर्म सहयोगसिद्ध हुने विश्वास उनको छ। नोट बनाउँदा धेरै रकम खर्चनुपर्ने भएकाले डिजिटल पेमेन्टमार्फत त्यसको बचत समेत हुने भनाई मन्त्री थापाको छ।

‘डिजिटल मार्केटको विकास सँगै ई-कर्मसकलाई समेत यस्तो प्रकारको प्रविधि प्रभावकारी हुन्छ’, उनले भने,‘समयसँगै प्रविधिको प्रयोग समेत गर्दै गए जनजीवन सरलीकृत हुन्छ।’

डिजिटल पेमेन्ट पछिल्लो समय आधारभूत आवश्यकताका रुपमा देखा परेको मन्त्री थापाले बताए। पकेटमा पैसा बोकेर हिड्नुपर्ने बाध्यतालाई डिजिटल क्यास पेमेन्टले न्यूनिकरण गरिरहेको उनको बुझाई छ। पोखरामा सबै उद्योगी व्यवसायी देखि कार्यालयले समेत आइएमएसले ल्याएको प्रविधिको सक्दो उपयोग गर्नुपर्ने धारणा मन्त्रीको थापाको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.