|

सुर्खेत : मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कर्णालीका १० वटै जिल्लाबाट प्रतिनिधि चुनिएका छन्।

प्रदेशका १० जिल्लाबाट महाधिवेशनका लागि एकसय २२ प्रतिनिधि छनोट भएका छन्। एमाले कर्णाली प्रदेशका अनुसार दैलेखबाट सबैभन्दा बढी २३ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् भने सबैभन्दा कम रुकुमपश्चिम र जुम्लाबाट ७/७ जना प्रतिनिधि छानिएका छन्।

सुर्खेतबाट २२, कालिकोटबाट १४, हुम्लाबाट ११, मुगुबाट ११, डोल्पाबाट १०, जाजरकोटबाट ९ र सल्यानबाट ८ महाधिवेशन प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ। 

सुर्खेत

धुव्रकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक रहेका छन्।

दैलेख

त्यस्तै अधिवेशनका लागि दैलेखबाट रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोदकुमार शाह धीरबहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक रहेका छन्। 

कालीकोट

कालीकोटबाट नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली छन्। 

सल्यान

सल्यानबाट पुष्पाकुमारी बोहरा, संञ्चिताकुमारी ओली विसी, जनक विक, गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल छनोट भएका छन्। 

रुकुमपश्चिम

त्यस्तै रूकुमपश्चिमबाट टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तीर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली चयन भएका छन्। 

जाजरकोट

जाजरकोटबाट करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली महाअधिवेशनका लागि चयन भएका हुन्। 

डोल्पा

डोल्पाबाट १० जना प्रतिनिधि छानिएका छन्। जसमा तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक छन्। 

जुम्ला

जुम्लाबाट शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली चयन भएका छन्।

हुम्ला

त्यस्तै हुम्लाबाट एमाले महाअधिवेशका लागि दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली चयन भएका छन्। 

मुगु 

मुगुबाट ११ जना चयन भएका छन्। जसमा जीतबहादुर मल्ल, दानसिंह परियार, डम्बरबहादुर रावल, राजबहादुर कार्की (राजु), डिल्लीप्रसाद भट्ट, कर्णबहादुर मल्ल, पूर्णबहादुर रोकाय चयन भएका हुन्। त्यस्तै सोनाम छेजुम लामा, उब्वनबहादुर शाही, कर्णशिला मल्ल र जुना विक चयन भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.