|

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ।

उपत्यकाका सडकमा भाडाका सवारीसाधनहरु फाट्टफुट्ट मात्र सञ्चालनमा छन्। तर‚ निजी सवारी साधन भने निर्वाध रुपमा सञ्चालनमा छन्।

बन्दका समयमा अप्रिय घटना हुन नदिन उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.