|

काठमाडौं : पाँचदलीय गठबन्धन समन्वय समितिले न्यायालयको विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ।

समितिको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौं।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा न्यायिक विचलन देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशका साथै नेपाल बार र सर्वोच्च बार एशोसिएसनले उनको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। 

यस्तै बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा प्रधानमन्त्री देउवा र संयोजक रामचन्द्र पौडेलसहित नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, ज्ञानेन्द्र बहादुर कार्की, अशोक राई, चित्रबहादुर केसी, दुर्गा पौडेल र वेदुराम भुसालको सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.