|

तनहुँ : गण्डकी प्रदेश सरकारले कर्मचारी सूचना प्रणाली लागु गरेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुवात गरेका छन्।

एकीकृत विवरण कर्मचारीको सरुवा, बढुवा, एकरूपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त गरे।

प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्नका लागि यो प्रणाली लागु गरिएको प्रमुख सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। उनका अनुसार उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्ला मात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचा समेत उल्लेख छ।

गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये २ हजार मात्र पदपूर्ति भएको छ। ‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ’, डा. रेग्मीले भने। ७ प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलो पटक लागु भएको उनको दाबी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.