|

पर्वत : गीतकार प्रेमप्रकाश मल्लले पोखराको बयान गर्दै लेखेको गीत ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने गीत पोखरा घुम्नेहरूले झलझली सम्झिरहेका हुन्छन्।

पोखरा घुम्नेहरूका लागि ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने लागेजस्तै धार्मिक एवं पर्यटकीय जिल्ला हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जानेहरूलाई पनि ‘मुस्ताङ त साँच्चिकैको मुस्ताङ पो रैछ’ भन्ने लाग्छ।

हुन त अब मुस्ताङ घुम्न जाने याम वा समय अलिकति ढल्किसकेको छ।

जाडो याम सुरु भएसँगै मुस्ताङमा हिमपात हुन्छ भने तापक्रम पनि शून्य डिग्री सेल्सियसभन्दा निकै तल झर्छ।

अति चिसोकै कारण मुस्ताङवासी जाडो छल्न बेँसी झर्ने बेला भएको छ।

हिउँदमा मुस्ताङको तल्लो क्षेत्रका म्याग्दी, बागलुङ, पर्वत र पोखरासम्म पुगेर व्यापार गरी सक्दा बिस्तारै गर्मी याम सुरु हुन्छ।

त्यसपछि मात्र उनीहरू जाडो छलेर गाउँ फर्किन्छन्।

मुस्ताङवासीहरू जाडो छल्नका लागि बेँसी झर्ने बेला हुने लाग्दा पनि मुस्ताङ जानेहरूलाई मौसमले रोकेको छैन।

दैनिक रूपमा जिप र मोटरसाइकलमा मुस्ताङ आउजाउ गरिरहेका आन्तरिक पर्यटक धेरै भेटिन्छन्।

मुस्ताङको कागबेनीमा होटल चलाउँदै आएका छेप्तेन गुरुङ जाडो लागे पनि पर्यटकहरूको चहलपहल भने कायमै रहेको बताउँछन्।

मुस्ताङ पुगेपछि हेर्न लायकका धेरै ठाउँहरू छन्। जसमा याक गवा, निलगिरी, धौलागिरिलगायत हिमाल, तालहरू, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बाहरू, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत सयौं दृश्य छन्।

मंसिरको पहिलो दिन खुलेको मुस्ताङ (तस्वीरमा) :  तस्वीर सौजन्य : छेप्तेन गुरुङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.