|

सप्तरी : सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ। खडक नगरपालिका–६ वीरपुरमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि ट्रयाक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो।

उक्त ट्रयाक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलकी ६५ वर्षीया काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना घाइते काशीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा ट्रया क्टरमा सवार सोही ठाउँकी ६५ वर्षीया प्रमिला यादव, उनका छोरा २३ वर्षीया श्याम, गोलबजार नगरपालिका–३ चौहर्वाका १० वर्षीय पप्पु यादव घाइते भएका छन्।

यस्तै  वडा नम्बर ४ की ३२ वर्षीया संगीया यादव, ४३ वर्षीय सुशीला यादव र ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै‚ पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ना ५ ख ८०१० नम्बरको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१ प २९७१ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.