|

काठमाडौं : विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बीहरूले गुरुद्वारा गएर पूजा आराधाना गरेर मनाइरहेका छन्। आजको दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मदिन पनि हो। 

विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बीहरूले गुरुद्वारा मठहरुमा गएर पूजा आराधाना गरेर मनाइरहेका छन्। शिख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर पनि मनाउने गर्दछन्।

नेपालमा अल्पसंख्यक समुदायमा पर्ने शिखहरूको गुरुद्वारा मठ नेपालमा पनि उल्लेख्य संख्यामा रहेका छन्। ललितपुरको कुपण्डोलमा गुरुद्वारा र काठमाडौंको पशुपति तथा म्हैपीमा गुरुनानक मठ रहेको रहेको छ।

आज गुरुद्वारा तथा मठहरुमा शिख धर्मावलम्विहरुको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब पढ्ने पढाउने गरिन्छ। गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।

गुरुनानकलाई  मानवता धर्म र सर्वशक्तिमान ईश्वर एक मात्र छन् भन्ने धार्मिक दर्शनका प्रवर्तक मानिन्छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.