अछाम : ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा दशैँ मेला आज मनाइएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने डौठेगडा दशैँमा बर्दादेवी माताले मनोकांक्षा पूरा गरेको जनविश्वासमा मनाउने परम्परा छ।
सुदूरपश्चिमकै सम्भवतः सबैभन्दा धेरै राँगाको बलि चढ्ने यो दशैँ वर्षकै अन्तिम दशैँ हो। बर्दादेवी भगवती खुसी हुने जनविश्वासले यो दशैँमा राँगालाई लखेट्दै काट्ने गरिन्छ। मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
यो दशैँ वि.सं. १८४९ सालदेखि निरन्तर रूपमा मनाइँदै आइएको छ। अछाम लगायत छिमेकी जिल्लाबाट समेत यहाँ बलि चढाउन राँगा ल्याइन्छ। मेला हेर्न लाखौँ मानिस उपस्थित हुने गर्दछन्। मेलामा बदाम, उखु, जेरीको राम्रो व्यापार हुने गर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।