नेपाल पत्रकार महासंघ सल्यानको २७ औं स्थापना दिवस

|

सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महासंघले जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ।

२०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो।

२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरे।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरु गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व महसुुस गर्दै आइरहेको उनको भनाइ छ।

जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि अग्रजले देखाएको मार्गबाट बिचलित नभई महासंघको उद्देश्य हासिल गर्न लागिरहने प्रतिबद्धता व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.